प्रमुख वायुसेवा कम्पनीहरूले
सुरक्षाको कारण देखाउँदै मध्यपूर्वका आफ्ना उडानहरू या त अन्यत्र मोडेका छन् या त
रद्द गरिदिएका छन्।
शनिवार त्यस क्षेत्रमा अवतरण हुनुपर्ने ४,२१८ उडानहरूमध्ये ९६६ वटा रद्द गरिएका एउटा नागरिक उड्डयन विश्लेषक
कम्पनी सिरिअमको तथ्याङ्कले देखाएको छ।
त्यस्तो तथ्याङ्कका अनुसार आइतवारका लागि
तय भएका ४, ३२९ उडानहरूमध्ये ७१६ वटा पहिले नै रद्द
भइसकेका छन्।
वीज एअरले मार्च ७ तारिखसम्मका लागि
इजरेल, यूएईमा दुबई र अबुधाबी, जोर्डनमा अम्मान र साउदी अरबमा मङ्गलवारसम्म उडानहरू स्थगित गरेको छ।
ब्रिटिश एअरवेजले बुधवारसम्म तेल
अभिभ र बाहरेनसम्म उडानहरू रद्द गरेको छ।
उक्त कम्पनीले भनेको छ,”यदि तपाईँ लन्डन हिथ्रो र अबुधाबी, अम्मान, बाहरेन, दोहा, दुबई वा तेल अभिभबीच हवाई यात्रा
गर्न लाग्नुभएको छ भने ६ मार्चसम्म निःशुल्क आफ्नो उडानको समय परिवर्तन गर्न सक्नुहुने छ।”
“मार्च ४ सम्म यात्रा गर्न लागेका
यात्रुहरूले टिकट बापतको शुल्क फिर्ता दाबी गर्न सक्नुहुने छ।”
त्यसै गरी स्वीस इन्टरन्याश्नल एअरलाइन्सले
भनेको छ, “ स्वीस र लुफ्थान्सा समूहका विमानहरूका तेल
अभिभ, बेइरुत, अम्मान, एरबिल र तेहरान तर्फका उडानहरू ७
मार्चसम्मका लागि स्थगित गरिएका छन्।”
कुवेतमा सरकारी सञ्चारमाध्यमका अनुसार
त्यहाँको नागरिक उड्डयन निकायले अर्को सूचना नआएसम्मका लागि इरानतर्फका सबै उडान
रोकिएका जनाएको छ।
एमिरेट्स् विमान सेवाले पनि दुबईबाट
उड्ने र त्यहाँ अवतरण हुने आफ्नै सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको जनाएको
छ।
लुफ्थान्सा, एअर इन्डिया, भर्जिन एट्लान्टिक र टर्किश एअरलाइन्सहरूले पनि उडान रद्द गरिएका
सूचनाहरू जारी गरेका छन्।
उक्त क्षेत्रमा रहेका इराक र जोर्डन
लगायतका देशहरूले आआफ्ना हवाईसीमा बन्द गरेका छन्। यूएईले सावधानी स्वरूप “आंशिक रूपमा र अस्थायी अवधिका लागि” आफ्नो हवाईक्षेत्र बन्द गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।